नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको बताए । उनका अनुसार संक्रमित मध्ये एक जना ६६ वर्षका छन् । उनको सम्पर्कमा रहेका अर्का एक जनालाई पनि संक्रमण पुष्टि भएको हो ।

उनीहरू दुवै जना विदेशी नागरिक हुन् । हालसम्म ३५ देशमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पुष्टि भइसकेको छ । आइतबार मात्रै भारतमा १७ जनामा यो संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुस