काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिम प्रदेशमा ‘आफ्नो पार्टी एक नम्बरको र एमाले’खत्तम भएको बताएका छन् । प्रदेश १ मा आयोजित खेलकुद महासंघको कार्यक्रममा उनले कर्णालीमा पनि आफ्नो पार्टी सशक्त रहेको र किर्तीमान कायम गरेको बताए ।
“सुदूरपश्चिम प्रदेशमा हामी सबैभन्दा बलिया छौँ । दुई नम्बर माओवादी पार्टी छ । तीन नम्बर कांग्रेस पार्टी छ । केपी ओलीको पार्टी त खत्तम ,” उनले भने । प्रदेश २ मा आफूहरू अत्यन्त बलियो रहेको उनले बताए । प्रदेश २ मा ओलीको पार्टीको हरिबिजोग भएको उनले दाबी गरे । उनले एक नम्बर प्रदेशको नामाकारण छिट्टै गर्न सुझाव दिए । नाम राख्दा सिंगो देशलाई राम्रो सन्देश दिन उनले आग्रह गरे ।
प्रतिक्रिया दिनुस