महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका –२ बाणीस्थित आदर्श सामुदायिक वन र गोलाबारी सामुदायिक वनको बिच खोलाको किनारबाट बेवारिसे अवस्थामा प्रहरीले एकनाले भरुवा बन्दुक फेला पारेको छ ।
सोमबार इलाका प्रहरी कार्यालय झलारी र अस्थायी प्रहरी पोष्ट बाणीबाट खटिएको टोलीले उक्त बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको हो । यसबारे थप अनुसन्धान भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्र बहादुर शाहले बताए।
प्रतिक्रिया दिनुस