आज नेपाली कांग्रेस संस्थापन पक्षले आज केन्द्रीय पदाधिकारीको उम्मेदवारको नाम सार्वजनिक गर्ने भएको छ ।सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्ने बैठकले सभापतिसहित १३ पदाधिकारीको नाम टुंगो लगाएर सार्वजनिक गर्ने भएको छ । आफ्नो समूहको बैठकमा सहभागी हुन प्रधानमन्त्रीसमेत रहेका देउवा बुढानिलकण्ठ पुगिसकेका छन् । केही समयभित्रै बैठक सुरु हुने र पदाधिकारीको प्यानल नै सार्वजनिक गर्ने तयारीसमेत भएको कांग्रेसका एक नेताले जानकारी दिए । देउवाले पार्टीको आन्तरिक निर्वाचनमा आफ्नो पक्ष बलियो भएको भन्दै फेरि सभापतिमा उठ्ने घोषणा गरिसकेका छन् ।
संस्थापन पक्षले १३ पदाधिकारीको अनौपचारिक सूचीसमेत बनाइसकेको छ । तर, त्यो सूची पदाधिकारीमा पार्न लबिइङका लागि हुनसक्ने अनुमान गरिएको छ । बालुवाटारको एउटा पक्षले त्यस्तो सूची अहिले सर्वेक्षणका लागि व्यापक रूपमा प्रचार गरिरहेको छ ।