काठमाडौं, २ मंसिर । नेपाली काग्रेसको संस्थापनइतरको छलफल आज पनि चाक्सीबारीमा सुरु भएको छ । आसन्न १४औं महाधिवेशनमा साझा उम्मेदवार चयन गर्न पौडेल पक्षका शिर्ष नेताहरुको बुधबार पनि छलफल हुन लागेको हो ।
आज बिहान बत्तिसपुतलीको अनमोल ब्याङ्क्वेटमा जिल्ला सभापति र प्रदेशका सभापतिहरुसँग पनि छलफल गरेको थियो । छलफलमा नेताहरु महेश आचार्य, शेखर कोइराला, रामशरण महत, धनराज गुरुङ, शंशाक कोइराला, मिनेन्द्र रिजाल, रामचन्द्र पौडेललगायतको उपस्थिति रहेको छ ।
प्रतिक्रिया दिनुस