बाजुरा । बाजुरामा ट्रक दुर्घटना हुदा दुइजनाको मृत्यु भएको छ । जिल्लाको जगन्नाथ गाउँपालिका–६ काप्रीको गर्जेगाड भीरबाट भे १ ख ३४६८ नम्बरको ट्रक खस्दा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको हो ।

मृत्यु हुनेमा बाँकेका ४२ वर्षीय मोहन जोशी र ताजाकोट गाउँपालिका–३ का विपी शाही रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता प्रहरी निरीक्षक धनदेव साउँदले बताए । उनका अनुसार हुम्लातर्फ गइरहेको मालबाहक ट्रक बिहीबार बिहान भीरबाट करिब ५०० मिटर तल खसेको थियो । दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुस