नेपाली कांग्रेसको १४औं महाधिवेशन भोलि (शुक्रबार) देखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशनमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको गृह प्रदेशसमेत रहेको सुदूरपश्चिमबाट ४ सय भन्दा बढी महाधिवेसन प्रतिनिधी सहभागी हुँदैछन् । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ३ निर्वाचन क्षेत्र रहेको कञ्चनपुरबाट ७९ जना महाधिवेसन प्रतिनिधि सहभागी हुदैछन् । त्यस्तै ५ निर्वाचन क्षेत्र रहेको कैलालीबाट १३० जना र २ निर्वाचन क्षेत्र रहेको अछामबाट ५२ जना महाधिवेशन प्रतिनिधि छन् ।
एउटा मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट देउवासहित २६ जना, बैतडीबाट २७, दार्चुलाबाट २७, डोटीबाट २६, बझाङबाट २६ र बाजुराबाट २६ प्रतिनिधि सहभागी हुनेछन्। प्रदेशका ४ सय १८ प्रतिनिधिमध्ये ७० प्रतिशत देउवाको पक्षमा रहेको दाबी सो समूहका नेताहरुको छ । सात जिल्लामा अधिवेशन सम्पन्न भएकोमा चार जिल्लामा देउवा पक्षका सभापति विजयी भएका छन् भने प्रदेश सभापतिमा पनि देउवा पक्षकै वीरबहादुर बलायर विजयी भएका छन् ।
तीन जिल्लामा सभापति जितेको संस्थापन इतर पक्षले भने अघिल्लो महाधिवेशनको तुलनामा यस पटक आफ्ना प्रतिनिधि बढी विजयी भएको दाबी गरेको छ।