महेशचन्द्र रेग्मी
दार्चुला जिल्लाको कालापानी भन्ने स्थान नेपालको हो कि भारतको भन्ने कुरामा दुई देशको बीचमा निकै ठूलो विवाद उठेको छ । केही समयअघि भारतीय पक्षले उक्त क्षेत्र आफ्नो हो भनी आफूसँग त्यससम्बन्धी ऐतिहासिक प्रमाण भएको दाबी गर्दै आएको छ ।

नेपालको आर्थिक इतिहासबारे अध्ययन र अनुसन्धान गर्ने क्रममा केही ऐतिहासिक प्रमाण फेला परेको छ, जसले संवत्् १८०३ को सुगौली सन्धिपछि पनि कालापानीबाट नेपाल सरकारले नै राजस्व उठाउँथ्यो भन्ने देखाउँछ । यी प्रमाणका आधारमा स्पष्ट रूपमा यो भन्न सकिन्छ कि कालापानी नेपालकै हो, भारतको होइन ।

अध्ययनका क्रममा फेला परेका प्रमाणअनुसार नेपालको पश्चिमी सीमामा महाकाली नदीको पूर्वपट्टि पाँचवटा व्यापारिक नाका थिए । ती नाकामध्ये दुईवटा नाका मुख्य थिए, ब्रह्मदेव मण्डी र कालापानी । यी पाँचवटै नाकामा हुने व्यापारमा राजस्व उठाउने कामका लागि नेपाल सरकारले एउटै इजारेदारको बन्दोबस्त गरेको थियो ।

संवत् १८८२ मा यस्तो इजाराको रकम पाँच हजार दुई सय पाँच रुपैयाँ थियो भने १८९५ सम्ममा यो रकम बढ्दै गएर ११ हजार ३६ रुपैयाँसम्म पुग्यो । तर अहिलेको सन्दर्भ हो ः नेपाल सरकारको कालापानीउपर राजस्व अधिकार, जसलाई राज्यको सार्वभौम क्षेत्रीय अधिकारको आधार मानिन्छ । यसका प्रमाण निम्न छन् ।

१० हरिदत्त भट्ट समेतका नाममा रुक्का, संवत् १८८२ साल आश्विन सुदी ५ रोज १ ९रेग्मी संग्रह ग्रन्थ ३४ पृष्ठ ११०–११२०२० कृष्णदत्त भट्ट समेत के।।। संवत् १८९३ आश्विन वदी १० रोज ३ ९रेग्मी संग्रह ४३÷५८९–९००३० सरदार बद्री बाण शाही।।। १८९३ साल फाल्गुण वदी ९ रोज ४ ९रेग्मी संग्रह ४३÷६१७–२००४० दिलीपसिंह बोगटी र मैतु विष्टको नाममा।।।। संवत् १८९५ वैशाख सुदी १० रोज ६ ९रेग्मी संग्रह २७÷५४०–४१०५० कालापानी समेत पाँच मण्डीका इजारेदारको नाममा।।। संवत् १८८९ साल वैशाख वदी १०, रोज ५ ९रेग्मी संग्रह ४७÷२७४०
६० महेशचन्द्र रेग्मी ः द स्टेट एन्ड इकोनोमिक सरप्लस प्रोडक्सन, ट्रेड एन्ड रिसोर्स मोबिलाइजेसन इन अर्ली नाइन्टिन्थ सेन्चुरी, नेपाल, नेपाल पब्लिसिङ हो वारणासी, १८८४, पृ। १२०
नागरिक न्यूजबाट पुरानो महेशचन्द्र रेग्मीको लेख सभार गरिएको हो ।

प्रतिक्रिया दिनुस