विरेन्द्र शाह

मानिसहरु खै कुन्नि किन हामीलाई मात्रै विद्रोही देख्छ्न । यो विद्रोह भन्ने कुरा मानव जिवनको उत्त्पति बाटै नै शुरु भएको विषय हो । मानवजाती ले आफ्नो अस्तित्व रक्षाका लागि सबै कालखण्डहरु विद्रोहमा गुजारे र आफ्नो अस्तित्वको रक्षा गर्दै यहाँ सम्म आईपुगे र अहिले नयाँ खालका राजनीति विद्रोह र संघर्षहरु विश्वभरी चलिरहेका छ्न । अहिले आध्यात्मिकवाद लाई मान्नेहरु कम्युनिस्टहरु माथी आरोप लगाउछ्न कि हिंसाको राजनीति गर्ने भनेर आफू ठुलै शान्तिप्रेमी र प्रजातन्त्र र लोकतन्त्रको दुहाई दिन्छ्न । तर तिनिहरु विर्सिन्छ आफुले मान्ने रामायण र गिता का पाठहरु जहाँ जताततै हिंसा र विद्रोह मात्रै छ ।
मेरो प्रश्न छ तिनी शान्तिप्रेमिहरुलाई जो प्रजातन्त्र र लोकतन्त्र को कुरा गर्छ्न , जो कथित कम्युनिस्टको नाममा सरकार चलाई रहेकाछ्न तिनिहरु कम्युनिस्ट र भौतिकवादी होईन्न कहिले ग्रह दशा सुर्धान भैंसी पुजा गर्छ्न , कहिले मठ मन्दिर धाएर आफ्नो पाप पखाल्छ्न ,कहिले होलि वाईन खाएर शुद्ध हुन्छ्न । तिनका परम परमेश्वर र भगवानहरु ले किन शान्तिपूर्ण तरिकाले समस्या हल नगरेको किन रावण को सुन लंकामा आगो लगाएको किन महाभारतको युद्ध मच्चाएको शान्तिपुर्ण हल खोजे हुदैन्थ्यो र तिनका भगवानहरुले रातदिन रामायण र गितामा भएको हिंसा र विद्रोहको पाठ पढने अनि हामी लाई शान्तिको पाठ पढाउने । तिमिहरुका भगवानहरुले गरेको हिंसा , विद्रोह र युद्ध चै अन्यायको विरुद्धमा न्याय र सत्यका लागि हुने । हामिले चाहिँ अन्याय , अत्याचार ,विभेद , असमानता का विरुद्धमा लडदा र आवश्यक परेको बेला आत्मरक्षा का लागि थोरै बल प्रयोग गर्दा हिंसा , अशान्ति द्वन्द , लडाइँ हुने गज्जबको रामायण र गिता पढेछौ त । खासमा यसमा कुनै धर्म र जातिको अपमान गर्न खोजेको होइन कि रामायण र गिता भित्रको विद्रोह , युद्ध र हिंसा लाई स्विकार गर्नेहरुले हाम्रो समानता , न्याय ,स्वतन्त्रता र मुक्तिको विद्रोह लाई पनि स्विकार गर्नु पर्छ वा स्विकार नगरे पनि अनावश्यक सढेगलेका प्रश्नहरु खडा गर्ने पाईदैन १
हुनत हामिलाई आध्यात्मिक विषय सङ्ग सरोकार छैन , हामी भौतिकवादी र कम्युनिस्ट हो, उपर्युक्त थोरै विषय शान्तिको डम्फु बजाएर कम्युनिस्टको खोल ओढेर अध्यात्मिकवादको छातामुनि शान्ती शान्तिको रटान लगाउने लाई थोरै माया गरेर झापड हानेको मात्रै हो १ लेखको मुख्य विषय सङ्ग त्यति ज्यादै संबंधित त होइन तर प्रसङ्गबस जोडिएर आएका कुरा हुन । खासमा विद्रोह मानवजाती अस्तित्वमा रहे सम्म फरक फरक ढंगबाट भै रहेने कुरा नै हो र त्यो समाजविज्ञानको नियम पनि हो । कसैको भैंसी पुजा , शनीपुजा , तातोपानी स्नान , होलि वाईनको रसपानले विद्रोह रोकिदैन त्यो अगाडि बढछ । अहिले नेपालको वर्तमान राजनितीमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई विद्रोही करार गर्दै निर्मम दमन चलाइएको छ । हामी सहर्ष र सगौरव स्विकार गर्छौ कि हामी विद्रोही हौँ र नेपालमा व्यवस्था नै परिवर्तन गर्ने विद्रोह आवश्यक छ र त्यो हुन्छ । के हामी मात्रै विद्रोही , अरु सबै ज्युदा लास हुन त रु होइन त्यस्तो पट्टकै होइन , विद्रोहिहरु छ्न यत्र तत्र सर्वत्र । आवश्यक छ त सबै विद्रोहिहरु बिचको एकता , सहकार्य र सहयात्रा । हामी हेर्छौ प्रहरी भित्र पनि विद्रोहिहरु छ्न , जो जवान र अधिकृतहरु इमानदारी पुर्वक कर्तव्यको पालना गर्छन , अवैधानिक निर्देशन र आदेशहरुको पालना गर्दैनन , आफ्नो बढुवा र सरुवाको लागि नेताको गुलामी र चाकरि गर्दै दैलो चाहर्दैन्न तिनिहरु पनि विद्रोही हुन । नेपाली सेना भित्र पनि विद्रोहिहरु छ्न जो सदैव देशलाई आफ्नो मुटुमा राख्छ्न , जस्तो सुकै आपत र विपतमा नागरिकको जीवन रक्षाका लागि ज्यानको बाजि थाप्छ्न ।
सेना भित्र हुने भ्रष्टाचारमा , अनियमितता संलग्न नभई ईमानदारी पुर्वक देश र जनता लाई सिर मा राखी आफ्नो कर्तव्य प्रती समर्पित छ्न ती सेना का जवान र अधिकृतहरु पनि विद्रोही नै हुन । निजामती सेवामा रहेका कर्मचारीहरु पनि विद्रोही छन जो जनताको कामकाज र आफ्नो कर्तव्यको पालन गर्न निष्ठापुर्वक समर्पित छन , भ्रष्टाचारको आहाल बाट सधै टाढा रहि सेवा अवधी सकेर घर फर्किदा जीवन धान्न पेशन बाहेक अरु कुनै अदृश्य सम्पत्ति को थुप्रो हुदैन तिनीहरु पनि यो भ्रष्टाचारी राज्यका सत्ता भित्र भएका विद्रोही नै हुन । देशमा विद्रोही त पत्रकारहरु पनि छन जो सत्ताको जुठोपिरो खाएर कथित झोले पत्रकार भन्दा पृथक न्याय र सत्यको पक्षमा र राज्यले जनता माथी थुपारेका गलत कदमका विरुद्धमा समाचार सम्प्रेषण गर्छ्न ,लेखकहरु ,कविहरु , कलाकारहरु पनि विद्रोही छ्न जो राज्यसत्ता नै हल्लाउने गरि श्रमजीवी जनताको बारेमा लेख्छ्न , कविता कोर्छ्न , गरिखाने वर्गका गितहरु गाउने तिनिहरु पनि विद्रोही नै हुन ।
बुद्धिजीवीहरु जो असमानता , विभेद , अन्याय र अत्याचार विरुद्धमा बोल्छ्न र जनतालाई सुसूचित गर्छ्न ती पनि विद्रोही हुन । राजनीतिक दल भित्र रहेका ईमानदार , निष्ठावान कार्यकर्ताहरु जसले आफ्नो सम्पुर्ण जीवन देश र जनताको सेवामा आदर्शवान भएर समर्पित गरे तर चुनाव आउँदा उम्मेदवारी को टिकट पाउन पनि हम्मे हम्मे र पाए पनि चुनाव लडने खर्च नभएर कुनै व्यपारी ,दलाल , ठेकेदार ले पार्टीमा पैसा बुझाएर त्यो उम्मेदवार को टिकट खरिद गर्दा टुलुटुलु हेरेर बसिरहेकको मनमनै जलिरहेको ,लाचार र विवश भएको त्यो कार्यकर्ता पनि त विद्रोही हो । देशका रहेका युवा( विद्यार्थी , महिला , दलित , आदिवासी – जनजाति ,किसान , मजदुर , व्यवसायी , मध्यम वर्ग,देशभक्त नागरिक सबै भित्र विद्रोहिहरु छ्न । युवाहरु जो विदेशी भुमिमा दासताको जीवन विताउन चाहन्न र आफ्नै देशको माटोमा श्रम गर्न चाहन्छ्न, महिलाहरू जो देशविदेशमा पारिवारिक जीवन धान्न शरीर बेच्न बाध्यछ्न र त्यहाँ बाट मुक्त हुन चाहन्छ्न , दलितहरु जो जातिय विभेद बाट मुक्त हुन चाहन्छ्न , आदिवासीजनजातिहरु जो वर्षो देखि लादिएको उत्पीडन बाट मुक्त भई समानता को जिवनमा पुग्न चाहन्छ्न

किसान मजदुरहरु जो आफ्नो श्रमको मूल्य सहित आधारभुत आवश्यकताहरु माग गरिरहेका छ्न , देशलाई माया गर्ने व्यवसायीहरु दलाल पुजिपतिहरुको हस्तक्षेप बाट मुक्त हुँदै राष्ट्रिय पुजीको विकास गर्दै देशको अर्थतन्त्र लाई आत्मनिर्भर बनाउन चाहन्छ्न , देशभक्त नागरिकहरु जो विदेशिक हस्तक्षेप बाट देश लाई मुक्त गराई राष्ट्रिय स्वाधीनता र आत्मस्वाभिमान सहित ससम्मान नेपाल देशको नागरिक भएर बाच्न चाहन्छन ती सबै विद्रोही नै हुन जो शान्ति , स्वतन्त्रता , समानता , स्वाधीनता , समृद्धि , न्याय , मुक्ती र सामाजिकआर्थिक र सास्कृतिक परिवर्तन र रुपान्तरण चाहन्छ्न । आवश्यक छ त केवल सबै विद्रोहीहरु को एकता , सहकार्य र सहयात्रा मात्रै न्याय , समानता , स्वतन्त्रता र मुक्ति का खातिर १ अन्त्यमा , विद्रोह गर्नु जनताको नैसर्गिक अधिकार हो । समाजमा वर्ग रहुन्जेल विद्रोह भै रहनु समाज विज्ञानको नियम हो । नेपालमा पनि कथित कम्युनिस्टको खोल ओढेर सरकारमा रहेका जतिबेला नि दुईतिहाई को धाक देखाउने निम्छराहरु लाई सबै विद्रोहीहरु एकजुट भई शक्तिशाली विद्रोहको धक्का आवश्यक छ जुन धक्का ले कथित नक्कली कम्युनिस्टहरुको लुटको स्वर्ग गर्ल्यामगुर्लुम ढल्ने छ । नयाँ वैज्ञानिक समाजवादी व्यवस्था सहित न्याय , समानता,स्वतन्त्रता र स्वाधीनता र मुक्ति को झन्डा फहराउने छ ।

 

प्रतिक्रिया दिनुस