महेन्द्रनगर । लागुऔषधको कारोबार गर्ने दुई जनालाई इलाका प्रहरी कार्यालय बेलौरीले नियन्त्रणमा लिएको छ । आइतबार साँझ ६ बजे बेलौरी प्रहरीका प्रमुख कमलकुमार खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले वडा नम्बर–६ नकैया नाकाबाट दुई जना भारतीय नागरिकलाई खैरो हिरोइनसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पिलिभित तहसिल पुरनपुर थाना हजारा ग्राम बजार घाट बस्ने वर्ष १९ को राम सिंह र उध्दमसिंह नगर थाना नानक मत्ता ग्राम ज्ञानपुर बस्ने वर्ष २३ को धरमवीर सिंह रहेको इलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज खड्काले जानकारी दिए । उनीहरू सुदूरपश्चिममा लागुऔषध बिक्री गर्ने मुख्य डिलर रहेको प्रहरीले समेत जनाएको छ । पक्राउ परेका दुबै जनाबाट १० ग्राम ४२ मिलिग्राम खैरो हिरोईन बरामद गरेको प्रमुख प्रहरी निरीक्षक खड्काले बताए।

प्रतिक्रिया दिनुस