भीमदत्त नगरपालिकामा कोभिड–१९ बाट प्रभावित समुदायहरुका लागि पुर्नरुत्थान परियोजना बारेमा छलफल गरिएको छ । आइतबार एमसिएपिको आर्थिक सहयोग र एलडब्ल्युआरको साझेदारीमा निड्स नेपालले भीमदत्त नगरपालिकामा सञ्चालन गर्न लागेको उक्त परियोजनाको बारेमा एक कार्यक्रमको आयोजना गरि छलफल गरिएको हो ।

कोरोनाका कारण प्रभावित भएका परिवारहरुको पुर्नरुत्थान र नयाँ आईरहेको कोभिडको भेरियन्टको जोखिम कम गर्न परियोजना लागु गर्न लागिएको निड्स नेपालका उपाध्यक्ष लोकेन्द्र प्रसाद जोशीले बताए । कोरोनाको नयाँ भेरियन्टसँग लड्न र कोरोनाका प्रकोप कम गर्न नगरको स्वास्थ्य शाखालाई परियोजना मार्फत विभिन्न सहयोगहरु गरिने उनले जनाए ।

प्रतिक्रिया दिनुस