धनगढीको कैलाली बहुमुखी क्याम्पसमा विद्यार्थीले अब टिकटक बनाउन नपाउने नियम बनाएको छ । क्याम्पसले एक सुचना जारी गर्दै क्याम्पस परिसरभित्र भिडियो शेयरिङ प्लेटफर्म ‘टिकटक’ बनाउन रोक लगाउने निर्णय गरेको हो ।
विद्यार्थीहरुले क्याम्पस हाताभित्र स्मार्ट मोबाइलको प्रयोग गरि लगातार टिकटक बनाइरहेको गुनासो आएपछि क्याम्पसले यस्तो निर्णय गरेको हो । सो सुचनाको अटेर गरेको पाईएमा आचारसंहिता अनुसार कारबाही गरिने क्याम्पसले जनाएको छ ।
प्रतिक्रिया दिनुस