दार्चुला । जिल्लामा स्थित विद्यालयहरुमा मतदाता शिक्षा कार्याक्रम सञ्चालन गरिएको छ । आगामी चैत्र ५ गते सम्म हुने निर्वाचनको तयारी पुरा गर्न जिल्लाका विभिन्न विद्यालयहरुमा मतदाता शिक्षा कार्याक्रम सञ्चालन गरिरहेकोे जिल्ला निर्वाचन कार्यालयले जनाएको हो ।
कार्यक्रममा २०० भन्दा बढी विद्यार्थी सहभागी छन् । निर्वाचन कार्यालयको कार्यक्रम अनुसार जिल्लाका ८ वटा विद्यालयमा अहिले यो कार्यक्रम लागु हुने बताइएको छ । जिल्लाको शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर मावि गोकुलेश्वर, सत्य प्रकाश मावि देथला, कृष्ण मावि बलाच,अपिपथ पर्दशक मावि शेरी, हुनैनाथ मावि रातामाटा तथा लटिनाथ मावि चन्दनपुर चौपता विद्यालयमा यो कार्यक्रम सम्पन्न भइसकेको निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ ।
चुनावमा मत बदर नहोस् भन्नका लागि ती कार्यक्रमले सहयोग पुग्ने कार्यालयका प्रमुख प्रदिप सिह धामीले जानकारी दिए । कक्षा नौ र १० मा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिरहेका उनले जनाए । विद्यार्थीमार्फत अभिभावकलाई मतदान गर्ने सही तरीका सिकाउन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ।
भोली देखि दुुहुँ गाउँपालिकाका दुई विद्यालयमा यो कार्यक्रम संञ्चालन हुने निर्वाचन कार्यालय दार्चुुलाले जनाएको छ । हालसम्म जिल्लामा ८४ हजार बढी नागरिकले आफ्नो नाम दर्ता गराएका जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रदिपसिह धामीले जानकारी दिए। २०७४ सालको निर्वाचनमा दार्चुलामा ७८ हजार ५१५ मतदाता रहेकोमा चार बर्षको अवधिमा ६ हजार बढी मतदाता बढेको पाइएको छ।