महेन्द्रनगर । पछिल्लो २४ घण्टामा कञ्चनपुरमा तिनजनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका अनुसार भीमदत्त र पुर्नवास नगरपालिकामा एक–एक जना र गड्डाचौकीमा गरिएको परिक्षणमा १ जनामा गरि तिन जना रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४ जनामा कोरोना निको भएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा जम्मा सक्रिय केस ३८ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुस