कञ्चनपुर,मंसिर २७। नेकपा(क्रान्तिकारी माओवादी )लगायत विभिन्न  ६ दलले एमसिसी खारेजीको माग गर्दै काठमाण्डौँमा रहेको एमसिसीको कार्यालय घेराउ गरेका छन् ।

साोमवार क्रान्तिकारी माओवादी लगायका बिभिन्न दलले एमसिसी कार्यालय घेराउ गरेका हुन । एमसिसी चाँहिदैन ,राष्टघाती एमसिसी खारेज गर लगाएतका नाराजुलुस सहित नेकपा क्रान्तिकारी माओवादी निकटका जनवर्गिय संगठन लगायतको व्यापक उपस्तिथिमा एमसिसी कार्यालय घेराउ भएको छ । एमसिसी कार्यालय घेराउ जाने क्रममा क्रान्तिकारी माओवादी पार्टी नेता कर्यकर्ता माथी प्रहरीले दमन गरेको छ । एमसिसी कार्यालय घेराउ र प्रहरीको दमनको बिरोध गर्दै कार्यक्रम सम्पन्न भएको अखिल क्रान्तिकारी उपाध्क्षय शिलु नेउपाने जानकी दिनुभयो ।

प्रतिक्रिया दिनुस