काठमाडौँ — नेतृत्व चयनका लागि नेपाली कांग्रेसको जारी मतदानमा बेलुका ८ बजेसम्म ४ हजारभन्दा बढी मत खसेको छ । निर्वाचन समितिका सदस्य जगन्नाथ श्रेष्ठका अनुसार सभापतिमा ४ हजारभन्दा बढी मत खसेको हो । उनले भने,” सभापतिका लागि ४ हजारभन्दा बढी मतपत्र गइसकेको छ । अब धेरै समय नलाग्‍ला । १० बजेसम्म मतदान सकिएला ।”

राष्ट्रिय सभागृहको बुथमा १४२४ मत खस्नुपर्नेमा १२ सयभन्दा बढी मत खसिसकेको निर्वाचन समितिका सदस्य उत्तम पन्तले जानकारी दिए । कांग्रेसको १३‍औं महाधिवेशनका लागि ४ हजार ७ सय ७३ जनाले मत खसाल्दै छन् ।

प्रतिक्रिया दिनुस