महेन्द्रनगर ,साउन ११ , कञ्चनपुरको वेदकोट नगरपालिकाले नदी कटानीको जोखिममा रहेका बस्तीमा अनुगमन गरेको छ । शनिबार नगर प्रमुख अशोक कुमार चन्द नेतृत्वको टोलीले वडा नम्बर ६ र ७ का सम्भावित जोखिममा रहेका बस्तीको अनुगमन गरिएको हो ।

वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले विपद् व्यवस्थापनका लागि नदी कटानीको जोखिमका रहेका दुई वडाका विभिन्न वस्तीहरुको अनुगमन गरिएको बताउनुभयो। वडा नम्बर ६ को मुसेपानि र ७ को गाउजी बस्ती किनारको खोलाले गरेको कटानीको नगरपालिकाले अनुगमन गरेको हो । चुरेको भेल बनी बग्ने उक्त खोला पुरिदाँ भेलको डाईभर्सन परिर्वतन भएको नगर प्रमुख चन्दले जानकारी दिनुभयो ।

खोलाको डाईभर्सन परिर्वतनपछि बाढीले कटान गरि बस्ती पस्ने खतरा समेत रहेको छ । अनुगमन पश्चात उक्त बस्तीमा रहेको विपद् व्यस्थान गर्ने बारे छलफल गरिएको उनको भनाई छ ।

नगरपालिकाले जेसिबी प्रयोग गरि खोलालाई निकास दिने योजना बनाएको छ । साथै खोलामा ग्राभिल भरिएकोले ईआए अध्ययन गरि उक्त ग्राभील समेत संकलन गरिने बताउनुभयो

प्रतिक्रिया दिनुस