कञ्चनपुर साउन ११ ,सुदूर पश्चिमाञ्चल विस्वविध्यालयको र्निमाणधिन केन्द्रीय कार्यलयको भवन हस्तातरण गर्न बाकि रहेको भएपनि भवनका पिलर र भित्ताको पलास्तरमा छिया छिया बनेको छ ।सु.प विस्वविध्यालय केन्द्रीय कार्यालय भवनको ठेक्का अनुमानित १२ करोडको भएको थियो । भवन निमार्ण कार्यको ठेक्का नेपाल आर्दश कुमार श्रेष्ठ जेभी कम्पनीले पाएको थियो ।ठेकेदारको गैर जिम्मेवारी र गुस्तरहिन काम गर्दा कार्यालयको भवन हस्तानतरण अगावै छिया छिया परेको छ । भवनको चर्किएको भागमा लिपपोत गर्नकाम भएको देखिएको छ । ठेकेदारले रकम भुक्तानीको लागि पिलरर भित्ताहमा सिमेन्टको लिपपोत गरिरहेको छ ।

भवनको भुक्तानी दिन बाकि रहेको हुदा विस्वविध्यालय कार्यालय भवन हस्तातरण गर्न बाकि रहेको सु.प विस्वविध्यालय रजिस्टार गोविन्द बिष्टले बताउनुभयो । कार्यालय भवनको रकम भुक्तानीका लागि केहि कर्मचारी र जिम्मेवारी पदाधिकारीले मिलोमतोमा हुने तयारी गरीरहेको आरोप अखिल क्रान्तिकारी नेता केशव साउदले आरोप लगाएका छन ।


नेकपा ( क्रान्तिकारी माओवादी ) पार्टी निकट अखिल क्रान्तिकारीले विस्वविध्यालयको र्निमाणधिन केन्द्रिय कार्यलयको अनुगमन गरेका छन । अनुगम गर्दा कार्यलयको पिलर मा चिरा चिरा र भित्तामा पनि चिरा परेको अखिल क्रान्तिकारी सु.प विस्वविध्यालय संयोजक केशव बहादुर साउदले बताउनुभयो
। आज अखिल क्रान्तिकारी संयोजक केशव बहादुर साउद केन्द्रय सदस्य टिकेन्द्र साउद लगायतको क्रान्तिकारी नेताहरुले अनुगमन गरेका छन । भवनको पिलरमा सिमेन्टको लिपपोत गरेको देखिएको छ यस्तो गैर जिम्मेवारी कार्य गर्ने ठेकेदारलाई विस्वविध्यालय बाट भवनको भुक्तानी दिने काम गरे अखिल क्रान्तिकारीले कडा आन्दोलन गर्ने नेता साउदले चेतावनी दिएका छन ।

प्रतिक्रिया दिनुस