काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनको मतपरिणामअनुसार सभापति पदमा प्रधानमन्त्री एवं पार्टीका वर्तमान सभापति शेरबहादुर देउवाले अग्रता बढ्दै गएको छ ।
राष्ट्रिय सभागृहमा जारी मतगणनामा प्रधानमन्त्री देउवाले सुरूआतदेखि नै अग्रता कायम राखेका हुन् । बिहान ७ : ४५ बजेसम्मको विवरणअनुसार ३१८१ मत गणना हुँदा सभापति देउवाले १५०६, सभापतिका अरु उम्मेदवार क्रमशः डा. शेखर कोइरालाले ११७८, प्रकाशमान सिंहले २५४, विमलेन्द्र निधिले १७३ र कल्याण गुरूङले १५ मत प्राप्त गरेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुस