इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार रातिका लागि तय भएको म्यानचेस्टर युनाइटेड र ब्रेन्टफोर्डबीचको खेल कोरोना भाइरसको संक्रमणका कारण रोकिएको छ । स्वास्थ्य सल्लाहकारहरुको सल्लाहमा खेल पछि सारिएको लिगले जनाएको छ । गएको हप्ता प्रिमियर लिगका ४२ खेलाडी तथा पदाधिकारीमा संक्रमण पुष्टि भएको थियो ।

ब्राइटन, टोटनह्याम, लेस्टर सिटी, एस्टन भिल्ला र नर्विच सिटीले आफ्ना खेलाडी वा पदाधिकारीमा संक्रमण पुष्टि भएको बताएका छन् । ब्राइटन र टोटनह्यामबीचको आइतबारको खेल सोही कारण रोकिएको थियो । शनिबार राति नर्विचसँगको खेलअघि भएको परीक्षणमा म्यानचेस्टर युनाइटेडका खेलाडीमा संक्रमण देखिएको थिएन । तर आइतबार बिहान प्रशिक्षण अघि भएको परीक्षणमा केही खेलाडीमा संक्रमण देखिएको हो ।

प्रतिक्रिया दिनुस