नवलपरासी । क्रान्तिकारी पत्रकार महासंघको विशेष राष्ट्रिय भेला आइतबार सम्पन्न भएको छ । नेकपा (क्रान्तिकारी माओवादी) निकट रहेको क्रान्तिकारी पत्रकार महासंघको नवलपरासीको बर्दघाट रहेको दाउन्ने पार्टी प्यालेसमा आज भेला सम्पन्न भएको आयोजकले जनाएको हो ।

बिशेष भेलाबाट राष्टिय सम्मेलनका लागि २१ सदस्यीय आयोजक कमिटी चयन गरीएको छ । अध्यक्षमा नारायण पङ्गेनी ,उपाध्यक्षमा राम कुमार श्रेष्ठ , दामोदर खनाल चयन भएका छन् ।त्यतै महासचीव रवि पाण्डे , सचिव रनस्वर महत्तरा र अनु निरौला , कोषाध्यक्ष धनन्जय अवस्थी चयन भएका छन । सदस्यमा मधुकर थापा, केशव अधीकारी , सागर श्रेष्ठ , विष्णु आले ,कुमार भट्टराई , प्रदीप श्रेष्ठ , प्रेम कडेल , आयुस न्यौपाने रहेका छन् ।

आइतबार सम्पन्न विशेष भेलाका सभापति इन्द्र रावत थिए भने प्रमुख अतिथिमा नेकपा (क्रान्तिकारी माओवादी) पोलिट ब्यूरो सदस्य तथा लुम्बिनी प्रदेश ईन्चार्ज प्रेम सुवेदी, नेकपा (क्रान्तिकारी माअोवादी) पार्टीका पिबिएम तथा लुम्बिनी प्रदेश सेक्रेटरी भुपेन्द्र न्यौपाने र नेकपा (क्रान्तिकारी माअोवादी) पार्टीका केन्द्रीय सदस्य एवं क्रान्तिकारी पत्रकार महासंघका सल्लाहकार समिति संयोजक हिरामणी दुखि लगायत जनवर्गिय संगठनका अध्यक्ष रहेका थिए।

विशेष भेलाको उद्घाटन गर्दै प्रमुख अतिथि तथा नेकपा (क्रान्तिकारी माओवादी)का पिबिएम प्रेम सुवेदीले आजको राष्ट्रिय भेलाले एउटा सबल तथा दूरदर्शी नेतृत्व टिमको हैसियतले आगामी सम्मेलन भव्य रुपमा सफल पार्न सरल, वैज्ञानिक एवम् परिणाममुखी कार्यक्रमहरु अघि बढाओस् भन्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।

भेला कार्यक्रममा स्वागत मन्तव्य क्रान्तिकारी पत्रकार महासंघका उपाध्यक्ष नारायण पंगेनीले राख्नु भएको थियो । साथै, कार्यक्रमको संचालन  क्रान्तिकारी पत्रकार महासंघका महासचिव राम कुमार श्रेष्ठले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुस