फाइल।

बाजुरा : बाजुरामा गैरकानुनी रुपमा चलेका ४ वटा मेडिकल शिल गरिएको छ। जिल्लाको उत्तरी क्षेत्रमा रहेका ती मेडिकलहरुलाई औषधि व्यवस्था विभागले शिल गरेको हो।

कोल्टीमा रहेको नविन मेडिकल, विशाल आयुर्वेद औषधि पसल, पिलुचौरमा रहेका जनता स्वास्थ्य क्लिनीक र संज्याल हेल्थ क्लिनीक शिल गरेको बताइएको छ। औषधि व्यवस्था विभागका शाखा अधिकृत धनबहादुर बोहराको नेतृत्वमा आएको टोलीले अनुगमनको क्रममा गैरकानुनी रुपमा संचालन भएका मेडिकलहरु भेटिएपछि शिल गरेको हो।

प्रतिक्रिया दिनुस