फाइल ।

नवलपरासी पूर्व : गैंडाकोट नगरपालिका–१६ अमरापुरीस्थित पसलमा बसिरहेकी ४७ वर्षीया महिलाको सुनको सिक्री लुटेर भाग्दै गरेका तीनजनालाई १ थान पेस्तोल र ४ राउण्ड गोलीसहित प्रहरीले पक्राउ गरेको छ।  सोमबार साँझ नवलपरासी (पश्चिम) रुपौलिया गाउँपालिका–१ का २२ वर्षीय रामबहादुर क्षेत्री, गैँडाकोट नगरपालिका–१४ का ३४ वर्षीय आशिष सुनार र नवलपरासी (पश्चिम)को सुस्ता गाउँपालिका–९ का २० वर्षीय संजय गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पसलमा बसिरहेकी महिलालाई लु ४० प ८४३६ नम्बरको मोटरसाइकलमा आएका तीन जनाले हतियार देखाई सुनको सिक्री लुटेर भाग्न खोज्दा रामबहादुरलाई स्थानीयले नियन्त्रणमा लिई राखेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गैंडाकोट र अस्थायी प्रहरी पोष्ट बेल्डिहाका प्रहरीले उनलाई तत्काल नियन्त्रणमा लिएको थियो। अन्यको खोजी गर्ने क्रममा गैंडाकोट नगरपालिका–१४ स्थित भाग्दै गरेको अवस्थामा संजय गुरुङको साथबाट उक्त हतियार फेला पारी संजय र आशिष समेतलाई पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुस