६ पुस, काठमाडौं । मंगलबार शेयरबजारमा मेगा बैंकको शेयरमूल्य उच्च दरले बढेको छ । यस दिन डेढ बजेको अवधिमा बैंकको शेयरमूल्य करिब ८ प्रतिशतले बढेको हो । यो समाचार तयार पार्दा डेढ बजेको अवधिमा बैंकको शेयरमूल्य २० रुपैयाँले बढेर प्रतिकित्ता शेयरमूल्य २७७ रुपैयाँ पुगेको छ ।

यस दिन बैंकको शेयर खरिदकर्ता हाबि हुँदा शेयरमूल्य उच्च दरले बढेको छ । यस अवधिमा बैंकको शेयरमा करिब ८० हजार कित्ता शेयर खरिद माग रहेको छ । बैंकको शेयरमा ७८ हजार कित्ता शेयरखरिद माग आउदा २४ हजार कित्ता बिक्री आदेश रहेको छ ।

प्रतिक्रिया दिनुस