बैतडी साउन १२, भारतको धौलीगंगा जलविद्युत परियोजना बाध खोलिने भएको छ ।बाध खोलिने भएकोले महाकाली नदि किनारका बासिन्दाहरुलाई सतर्क रहन आग्रह गरीएको छ । जिल्ला प्रशासन कार्यालय बैतडी र दार्चुला सुचना जारी गर्दै साउन १३ गते अर्थात भोली राती १२ बजेदेखि भारतको धौलीगंगा जलविद्युत परियोजनाले बाँधका ढोका खोल्ने भएकाले महाकाली नदी किनाराका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको हो ।

भारतको तपोवन, धारचुलाको उक्त जलविद्युतको सिल्ट फ्लसिङ गरिने भन्दै एनएचपीसी लिमिटेड धौलीगंगा पावरस्टेसन धारचुला पिथौरागढले पत्राचार गरेको भन्दै जिल्ला प्रशासन कार्यालयले साउन १४ गते साँझ ६ः४५ बजेसम्म महाकाली नदिको बहाव बड्ने भएकाले तटीय क्षेत्र जोखिममा रहने दार्चुलाका प्रमुख जिल्ला अधिकारी शंकर बहादुर बिष्टले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुस