पर्वत,  साउन १२,  पर्वत जिल्लामा पानी नआएका कारण धानयोग्य फाँटहरु साउन महिना मा पनि बाँझै रहेका छन् । गतवर्षमा साउनको दोस्रो साता रोपाई सकिने गरेको किसानहरुको भनाई रहेको छ ।यस बर्ष ३० प्रतिशत भन्दा बढी खेत रोप्न नसकिएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । पर्वत जिल्लामा ९ हजार २१ हेक्टर जमिनमा धान खेती हुँदै आएको छ । मनसुन सुरु भएपछि पनि तुलनात्मक रुपमा कम बर्षा भएका कारण बाहैंंै्रमास सिंचाई हुने खेतमा समेत रोपाई भएको छैन ।

जिल्लामा बढी धान फल्ने खेत बाँझै रहेपछि किसानहरु चिन्तत बनेका छन् । पर्वतका खुर्कोट, फलेवास, ज्ञादी, रानीपानी, कटुवाचौपारी, मुडिकुवा, कमलेबजार, राहाले, खानीगाउँ, देविस्थान, कुर्घालगायतका फाँटका किसानले रोपाइँ गर्न नपाएको कृषि ज्ञानकेन्द्र पर्वतका प्रमुख बासुदेव रेग्मीले बताउनुभयो ।मुख्य धान फल्ने फाँटहरुमा साउनको दोस्रो साता सम्म पनि रोपाइँ हुन नसक्दा चालु वर्ष धान उत्पादन घट्ने संकेत देखिएको छ । यस बर्ष पर्याप्त मनसुन नभएका कारण खोलाखेत बाहेक मुख्य फाँटमा पनि रोपाईँ हुन नसकेको कृषि ज्ञानकेन्द्र पर्वतका प्रमुख बासुदेव रेग्मीले जानकारी दिनुभयो ।

२४ हजार हेक्टर जमिनमा खेती हुँदै आएको र जिल्लामा बाह्रै महिना सिँचाई हुने ६ हजार चारसय हेक्टर जमिनमा धान खेती हुँदै आएको छ । गएको वर्ष निर्माण कै चारणमा पहिरोले कुस्माको ज्ञादी सिँचाइ आयोजनाको नहर बगाएपछि यस क्षेत्रको रोपाई सकसपूर्ण भएको स्थानीय कृषक कृष्ण पराजुलीले बताउनु भयो ।म अहिले पर्वतमा छेमरोङ, खुमलटार, गौरीया, गुडुरा, एक्ले, बिरमफुले, मार्सी, पहेंले, जर्नेली लगायत स्थानिय जात तथा खुमल ४, मनसुली लगायतका उन्नत जातका धान रोपिएको जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ ।

पानी नपरेको कारण सबै खेतमा रोपाई नहुँने र ढिलो रोपाईँ गर्दा उत्पादन समेत घट्ने भएकाले १० प्रतिशत भन्दा बढी उत्पादन घट्ने अनुमान गरिएको कृषि ज्ञानकेन्द्रका प्रमुख रेग्मीले बताउनुभयो ।

प्रतिक्रिया दिनुस