कञ्चनपुर साउन १२ ,कञ्चनपुरको महेन्द्रनगर स्थित लिटिल बुद्ध एकेडेमी कक्षा १२ मा अध्ययनरत विद्यार्थीले सुसाईड नोटमा शिक्षकको नाम लेखेर आत्महत्या गरेका छन् । नामचलेको महेन्द्रनगर स्थित लिटिल बुद्ध एकेडेमी कक्षा १२ मा अध्ययनरत भीमदत्त नगरपालिका–३ भाँसीका १६ बर्षिय सुरज लेखकले ‘मर्नुको कारण’ हरिलाल जोशी एलबिए प्लस टु कोडिनेटर भनेर उल्लेख गरेका छन् । उनी मृत भेटिएको स्थानमा हातले लेखेको सुसाईट नोट समेत भेटिएको हो ।
सुरजले शनिबार आफ्नै घरको कोठमा सिलिङ्ग पङखामा झुण्डिएर आत्महत्या गरेका थिए । उनले आफ्नो समाजिक संजाल फेसबुकमा समेत ‘आई क्युट’ भनेर लेखेका थिए । शुक्रबार बिहान उनले मिन्स भएकी आमाका लागि खाना पकाएर बजारमा समान ल्याउन जान्छु, भनेर साईकलमा आएका थिए । राजमार्ग क्षेत्रमा दुई साथी भेटिएपछि उनी साथीसंगै होटेल छिरेका थिए । होटेल पसेका विद्यार्थी बारे शिक्षकले थाहा पाएपछि विद्यालय समयमै किन होटेल बसेको भन्दै शिक्षकले तीनै जना विद्यार्थीलाई विद्यालय ल्याए र मानसिक तनाम दिएका कारण सुरजले सहन नसकेर सुसाईट गरेको छ । विद्यालय ल्याए शिक्षकले तीनै जना बाट लिखित तमसुक जस्तै बनाएर पठाएका थिए ।
मृतक सुरजले सुसाईट नोटमा ‘डेडी बहुत भयो, अब हजुरलाई अरु टेन्सेन दिन चाहदैन्, कलेजबाट आएको कम्प्लेनले हजुरलाई धेरै अपुष्ट ग¥यो, र म पनि हजुरलाई टेन्टस दिएर बाँच्न सक्दैन् हजुरलाई सबथोक मा, मैले इन्सल्ट गराए, हजुर मलाई जस्तो बनाउन चाहनुहुन्थयो, म त्यस्तो बन्न सक्दैन्, त्यसैले डेडी म मरेपनि हजुरका दुई छोरा छन् ।
तिनीहरुलाई राम्ररी पढाउनु मत हजुरको नालायक छोरो परे अब ह्यापिङ्ग भनेर उल्लेख गरेका छन् । ‘सर, डेड भन्दै उनले जय नागार्जुन बाबा आई क्युट’ भन्दै दायाँबायाँ ल्याप्चे औठाछापा लगाएका छन् ।
लिटिल बुद्ध ऐकेडेमी प्लस टुका संयोजक हरिलाल जोशीले शुक्रबार बिहान विद्यालय समयमा भाँसीकै रोयल होटेलमा बसेर साथीसंग चुरोट खाईरहेको अवस्थामा थाहा पाएपछि सुरज सहित आशिस चन्द र मनिस विष्टलाई विद्यालयमा बोलाएर सम्झाई बुझाई गरेको बताए ।
‘मैले विद्यालय संचालन भएका बेला विद्यार्थीकै हितका लागि होटेलमा बसेको थाहा पाएर, विद्यालयमा ल्याएर सम्झाई बुझाई गरेको हु, ‘शिक्षक जोशीले भने, ‘दुर्गा दत्त अवस्थी सरले तीनै जना विद्यार्थीलाई दुई दुई थप्पड हाने, मैले कागज बनाए ।’ कोडिनेटर जोशीले तीनै जना विद्यार्थीबाट कागज बनाएका छन् ।
तीनै जना विद्यार्थीले एलबिएका संयोजकलाई सम्बोधन गरेर कलेज नआएको बारे निवेदन सहित औठाँछाप लगाएका छन् । ‘घरको समस्याका कारणले बिहान ६ः१५ बजे विद्यालय नआई होटेल रोयलमा बसी टाईमपास गरिरहेको थिए ।
विद्यालयबाट सरले हामीलाई होटेलबाट विद्यालयमा ल्याउनु भएको थियो । आजदेखि यस्ता गल्ती नगरि कहिले अबसेन्ट नबसी सधै कलेज आउँनेछौँ भनि स्पष्टिकरण निवेदन लेखेका छन् । ‘नियम र कानुनको पालना गर्नेछौँ, र साथै कलेज आउनेछौँ, आजदेखि गल्ती गरेमा विद्यालयबाट निष्कासित गर्दा कलेज जवाफदेहि हुनेछैन’ भनि निवेदन लेखेका छन् ।
शिक्षक जोशीले तीनै जना विद्यार्थीलाई बोलाएर लेखक बाहेक अन्य अभिभावकलाई विद्यालयमा बोलाएरै जिम्मा लगाएको बताए । ‘अरु दुई जनाका अभिभावकलाई उत्तिखेरै विद्यालयमै बोलाएर जिम्मा लगाए, लेखकको घरमा फोन उठेन ।’
अर्का शिक्षक दुर्गा अवस्थीले मृतकका बाबुलाई फोन गरेर जानकारी गराएका थिए । ‘मैले विद्यार्थीको भलाई र भविष्यका लागि यस्तो सचेत गराएको हुँ, ‘शिक्षक जोशीले भने, ‘यसमा मेरो कुनै नियत छैन्, भलाई गर्दा गाल परियो ।’
मृतक लेखकको शनिबार महाकाली नदीमा अन्त्येष्टी गरिएको छ । उनको मृत्युसंगै घर परिवार र आफन्त, साथीभाई शोकमा डुबेका छन् । लेखकका दुई दाजुपनि एलबिएबाटै अध्ययन गरेका थिए । उनको तीनैदाजुभाई अध्ययन र अनुशासनशिल रहेको विद्यालयले जनाएको छ । सुरजको शनिबार महाकाली नदीका अन्त्येष्टी गरिएको छ । सुरज दुई दाजुभाई भन्दा अध्ययनमा अलि कमजोर भएपनि इमान्दार र मेहनती थिए । सुरज पनि सानैदेखि एलबिएमै पढ्दै आएका हुन् । यसैविच मृतक लेखकका बाबु गणेश लेखकले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा शिक्षक हरिलाल जोशी बिरुद्ध ‘आत्महत्या दुरुत्साहन’ सम्बन्धी किटानी दिएका छन् ।
मृतकमा बाबु गणेश पनि जगन्नाथ बहुमुखी क्याम्पसका प्राध्यापक हुन् । उनले छोरालाई विद्यालयबाट तनाव दिएर आत्महत्या गर्न बाध्य पारिएको भन्दै शिक्षक जोशी बिरुद्ध किटानी दिएको बताए । ‘म पनि शिक्षक हुँ, तर शिक्षकबाट गल्ती भएको छ, ‘उनले भने, ‘त्यही भएर सत्यतथ्य छानबिनका लागि किटानी दिएको हुँ ।’ लेखक परिवारले आत्महत्याको कारण र को को बाट आत्महत्या भएको हो छानबिन र दोषि उपर कार्बाहीको माग गरेको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गणेश बहादुर बमले पीडित पक्षबाट आएको किटानी दर्ता भएको बताए । प्रहरी प्रवक्ता बमले अनुसन्धान जारी रहेको बताए । यस्तै लिटिल बुद्ध एकेडेमीले प्लस टु संयोजक हरिलाल जोशीलाई सेवाबाट हटाएको छ । लिटिल बुद्ध एकेडेमी विद्यालय व्यवस्थापन समितिको आईतबार बसेकेको बैठकले जोशीलाई बर्खास्ती गरेको हो ।
लिटिलका प्रिन्सिपल श्याम सिह मौनीले विद्यार्थीले गरेको सुसाईट नोटमा शिक्षक जोशीको नाम उल्लेख भएकाले उनलाई आजैका मितिदेखि लागु हुने गरेर सेवाबाट हटाएको बताए । ‘विद्यार्थी राम्रो थियो, ‘प्रिन्सिपल मौनीले भने, ‘संयोजक सर, मलाई थाहा नदिएर विद्यार्थीबाट औठाछाप गराएका रहेछन् ।’ जोशी नेपाल संस्कृत विद्यालय शारदाविद्या विठका प्राध्यापक पनि हुन् ।
विद्यार्थीले डरका कारण आत्महत्या गर्न पुगेको हुनसक्ने प्रिन्सिपल मौनीको विश्लेषण छ । निजी बोडिङ्ग तथा कलेजमा अन्य समकक्ष कलेजबाट राम्रो परिमाण ल्याउन र विद्यार्थीमा अनुशासन कायम गर्नका लागि मानसिक दवाव दिने प्रवृति बढ्दै गएपछि विद्यार्थीले आत्महत्या गर्न लागेको स्थानीयको बुझाई रहेको छ ।

प्रतिक्रिया दिनुस