कञ्चनपुर साउन १३ ,शुक्लाफाटा राष्ट्रिय निकुञ्जका कर्मचारी तथा नेपाली सेनाले कञ्चनुरमा विभिन्न कार्यक्रम गरी विश्व बाघ दिवस मनाएका छन ।आज कञ्चनपुरमा त्याली तथा सडक नाटक कार्यक्रम गरी २०७६ विश्व बाघ दिवस मनाएका हुन ।शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा रहेका पाटे बाघको संरक्षणका लागि जनचेतनामुलक कार्यक्रम गरी जनतामा जनचेतना जगाउन विश्व बाघ दिवस बनाएको शुक्लाफाटा राष्ट्रिय निकुञ्ज कार्यलय प्रमुख लक्ष्मन पौडेलले बताउनुभयो ।

पाटे बाघ विश्वको र्दुलव वन्यजन्तुमा पर्ने भएकाले पाटेबाघको संरक्षण गर्नु जरुरी रहेको बताउनुभयो । नेपालका पाँचवटा निकुञ्जमा बाघ पाइन्छन् सबै निकुञ्जमा बाघको संख्या ३३५ पुगेको छ । शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा १७ ओटा पाटे बाघ रहेको निकुञ्ज कार्यलय प्रमुख लक्ष्मन पौडेलले बताउनुभयो  ।

शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा रहेका पाटे बाघहरुको संरक्षण गर्न सके प्रर्यटक आउने सक्ने सम्भावना भएकोले कञ्चनपुर जिल्लाको तथा सुदूरपिश्चम प्रदेका आर्थिक अवस्था पनि बलियो हुने निकुञ्ज कार्यलय प्रमुख लक्ष्मन पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुस