काठमाडौँ, पुस ६ गते । प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०को अवरोधबीच प्रतिनिधिसभाबाट मङ्गलबार दुई अध्यादेश पारित भएका छन्।कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले प्रस्तुत गर्नुभएको ‘यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ु र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ु पारित भएका हुन् ।
नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले दुवै प्रस्ताव अस्वीकार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सुवालले अस्वीकार प्रस्ताव फिर्ता गर्न अस्वीकार गरेपछि प्रतिपक्षी दल एमालेको नाराबाजीबीच दुवै अध्यादेश सभामुख अग्निप्रसाद सापकोटाले निर्णायार्थ प्रस्तुत गर्नुभएको हो । दुवै अध्यादेश पारित गर्नु अगाडि बैठकले सांसद् सुवालले दिनुभएको विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो ।
प्रतिनिधिसभाको अर्को बैठक बुधबार दिउँसो १ बजे बस्नेगरी मङ्गलबारको बैठक स्थगित भएको छ ।