काठमाडौं । पछिल्लो २४ घण्टामा २९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा गरिएको १७ हजार ८९ जनाको परीक्षणमा सो संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार पीसीआर विधिबाट १२ हजार ४७३ जनाको नमुना परीक्षणमा २५२ जना र एन्टीजेन विधिबाट ४ हजार ६१६ जनाको परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

सो अवधिमा २३२ जना संक्रमणमुक्त भएका छन् । यो सँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख ९ हजार ३८७ पुगेको छ । बितेको २४ घण्टामा थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ५७७ जना पुगेको मन्त्रालयले जनाएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २४२ जना रहेको छ ।

प्रतिक्रिया दिनुस