कार्य सम्पादन मूल्यांकनका आधारमा सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले तीनजना ट्राफिक प्रहरीलाई पुरस्कृत गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी हवल्दार जीवन सिंहसहित अन्य दुईजना पुरस्कृत भएका हुन् । प्रहरी हवल्दार जीवन सिंह असोज महिनाको प्रदेशकै उत्कृष्ट भएका हुन् । भने अस्थायी ट्राफिक प्रहरी पोष्ट टिकापुरमा कार्यरत प्रहरी जवान देबेन्द्र बहादुर साउँद कार्तिक र प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियामा कार्यरत प्रहरी जवान भुपेन्द्र बहादुर थापा मंसिर महिनाको प्रदेशकै उत्कृष्ट ट्राफिक घोषित भएका हुन् ।

उनीहरु तीनै जनालाई बुधबार प्रदेश ट्राफिक प्रहरी कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै प्रदेश ट्राफिक प्रमुख तथा प्रहरी उपरीक्षक बामदेब गौतमले अवार्ड र नगद पुरस्कार प्रदान गरेका हुन् ।

प्रतिक्रिया दिनुस