महेन्द्रनगर । कंचनपुरको शुक्लाफाँटा नगरपालिका स्थित झलारि, कलुवापुर र वनसमेति बजार क्षेत्रमा डष्टविन राखिएको छ । दिगो पर्यटन परियोजना, युएन डिपि, जागरुक समाजको सृजना लगायतको सहयोगमा चोकचोकमा फोहोर संकलन गर्ने डष्टविन राखिएको हो ।

जथाभावी फोहार नहोस भन्न र बजार क्षेत्रलाई सोच्छ राख्न जिविकोपार्जन पुनरूउत्थानका लागि दिगो पर्यटन परियोजना,युएन डिपि,जागरुक समाजको सृजना लगायतको सहयोगमा ४० वटा डष्टविन बजार क्षेत्रमा राखिएको समाजसेवी नव सृजना सहकारि संस्था झलारिका अध्यक्ष भिमराज अवस्थिले जानकारी दिए ।

सहकारिका अध्यक्ष अवस्थिले शुक्लाफाँटा नगरपालिकाको मुटु मानिने मुख्य वजारक्षेत्र संगै पर्यटकिय ठाँउमा जताततै फोहोर फाल्दा फैलिरहेको दुगन्धलाई निस्चीत क्षेत्रमा जमा गर्ने गरि डस्टविन राखिएको जनाए ।
सरसफाईको अभियानमा सरोकारवाला निकाय उधोगी व्यवसायी वजार क्षेत्रमा आउने आम नागरिक लाई जथाभावी फोहार नगरिदिन फोहार फाल्ने डस्टविनको प्रयोग गरिदिन समेत उधोग वाणिज्य संघ झलारीले आग्रह गरेको छ । उनले सरसफाइ सम्वन्धि जनचेतना मुलक अभियान सँगै बजारका गल्लीहरुमा सिसि क्यामरा जडानका लागि पहल चालिने सचिव जय वहादुर ऐरले वताए ।

प्रतिक्रिया दिनुस