काठमाडौँ — साता कारोबारको अन्तिम दिन बिहीबार पनि सेयर बजार उकालो लागेको छ । १२। ५३ अंकले बढेर बजारको परिसूचक नेप्से २५२० अंकमा पुगेको हो । दिनभर ४ अर्ब ४९ करोड रुपैयाँको सेयर किनबेच भएको छ । कारोबार रकम हिजोको तुलनामा सामान्य कमी हो । हिजो ४ अर्ब ५२ करोडको कारोबार भएको थियो ।

बिहीबारको बजार केही उतारचढाव देखियो । ११स् २१ बजे नेप्से २४८६ अंकसम्म झरेको थियो भने १स् ५२ बजे २५४२ अंकसम्म पुगेको थियो । बैंकिङ ३, ब्यापार ५, होटल तथा पर्यटन १९, निर्जीवन बीमा ३८१, उत्पादन ६४, अन्य १७, माइक्रोफाइनान्स ४७ र जीवन बीमा उपसमूह २०२ अंकले बढे । त्यस्तै विकास बैंक ४९, जलविद्युत १९ र फाइनान्स उपसमूह ४२ अंकले घटे । शिखर इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ९।९ प्रतिशतले बढ्यो । बरुण हाइड्रो र जीवन विकास लघुवित्तको मूल्य ९ प्रतिशत धेरैले बढ्यो । गोर्खा फाइनान्सको मूल्य सबैभन्दा धेरै ६।७ प्रतिशतले घट्यो । हिमालयन डिस्टिलरी कारोबारका आधारमा अगाडि रह्यो ।

प्रतिक्रिया दिनुस