कञ्चनपुरमा स्वयंसेविकाहरूलाई कोरोना भाइरसविरुद्ध खोपको प्रभावकारिताबारे स्वास्थ्यअभिमुखीकरण गरिएको छ । कृष्णपुर नगरपालिकाको वडा नम्बर ४, ५ र पुनर्वास नगरपालिकाको वडा नम्बर ५ र ६ का गरी ३७ जना महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई कोभिड १९ बारे जानकारी, यसका विरुद्ध लगाइने विभिन्न खोपहरू र यसको प्रभावकारिताबारे अभिमुखीकरण गरिएको हो।
स्वास्थ्य स्वयंसेविकामार्फत समुदायमा खोपको बारेमा जानकारी तथा सकारात्मक सन्देश फैलाउनु अभिमुखीकरणको मुख्य उद्देश्य रहेको बताइएको छ। एमसिएपिको आर्थिक सहयोग र एलडब्ल्युआरको साझेदारी तथा निड्स नेपालको सहकार्यमा सञ्चालित रिकवर परियोजना अन्तर्गत अभिमुखीकरण गरिएको थियो। परियोजनाको मुख्य उद्देश्य कोरोनाको नयाँ भेरियन्टको जोखिम कम गर्न स्वास्थ्य संस्थाको क्षमता विकास गर्ने, आवश्यक स्रोत साधनहरू सहयोग गर्नुका साथै रोजगारी गुमाएर घर फर्किएका व्यक्तिहरूलाई आयस्तर वृद्धि गर्न सहयोग गर्ने रहेको बताइएको छ।