कैलालीको अत्तरियामा सम्पन्न सुदूरपश्चिम राजधानी कप २०७८ महिलातर्फको उपाधि धनगढीको मनकामना युवा क्लबले हातपारेको छ । कञ्चनपुरको रोयल गोखार्जलाई ३–० ले हराउँदै मनकामना च्याम्पीयन भएको हो। मनकामनालाई सानदार जित दिलाउन अन्जना राई, तुल्सा वोहोरा र नेहा खड्काले १र१ गोल गरे।

विजेता भएसँगै मनकामनाले नगद एक लाख ५० हजारसहित ट्रफी र मेडल प्राप्त गरेको छ। उपविजेता रोयल गोखार्जले नगद ७५ हजार सहित ट्रफी र मेडल पाएको छ। मनकामनाकी तुल्सा बोहोरा प्रतियोगिताकी सर्वोकृष्ट खेलाडी भइन। उनले नगद १५ हजार सहित ट्रफी पाइन्। यस्तै मनकामनाकी सरस्वती रोकाया उत्कृष्ट रक्षक, लीला जोशी उत्कृष्ट गोलरक्षक र अन्जना राई सर्वाधिक गोलकर्ता भइन। रोयल गोखार्जकी अन्जली चन्द उत्कृष्ट मिडफिल्डर र अत्तरिया फुटबल एकेडेमीकी सोनम शाह उदयमान खेलाडी भइन। उनीहरुले जनही १० हजार नगद सहित ट्रफी पाइन।

प्रतिक्रिया दिनुस