महेन्द्रनगर । महेन्द्रनगरको सेती महाकाली फिल्म हलमा ‘द वार अफ ग्याङ स्ट्रार’ फिल्म रिलिज हुने भएको छ । प्रोडुसर कमल सुनार र नायिका ज्वती अवस्थीले अभिनय गरेको  उक्त फिल्म आगामी माघ २८ गते फिल्म हलमा प्रसारण गरिने जनाइएको हो ।

शनिवार महेन्द्रनगर स्थित होटेल चेतनमा आयोजित कार्यक्रममा बोल्दै फिल्मका प्रोडुसर सुनारले युवाशक्तीलाई सामाजिक एवम् राष्ट्रको योगदानमा अग्रसर गराउन फिल्मले महत्त्वपूर्ण सन्देश दिने जनाए । उनले विगत दुई वर्षको अथक प्रयास पछि फिल्म तयार गर्न सफल भएका जनाए ।

अहिलेको परिवेशमा युवा जगत लागु औषध, दृव्यवशनी तर्फ धकेलिएको स्मरण गर्दे उनले उक्त फिल्मबाट युवा जागृत समेत गराइने उनले जनाए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी उद्योग वाणिज्य संघ कञ्चनपुरका अध्यक्ष जंग बहादुर मल्लले व्यवशायीक प्रवर्द्धनका लागी कलाकारिता क्षेत्रलाई सहयोग गरिने प्रतिबद्धता जनाए । उक्त फिल्मको शनिवार टेलर सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुस