महेन्द्रनगर । नेकपा माओवादी केन्द्र कञ्चनपुरका केही नेता कार्यकर्ताहरुले पार्टीले आफुहरुलाई वेवास्ता गरेको भन्दै पार्टीभित्र अन्तरसंघर्ष गर्ने चेतावनी दिएका छन । पार्टीबाट पेलानमा परेको भन्दै उनीहरुले पाटीभित्र संघर्ष गर्ने चेतावनी दिएका छन । युद्धकालिन नेतादेखि पुर्व संसदले सोमबार भेला गरेर पाटीभित्रको विकृति बिरुद्धमा संघर्ष गर्ने तयारी गरेको नेता सिके भट्टले बताए । उनले कञ्चनपुरमा पार्टी संस्थापन पक्षबाट पेलानमा परेका नेताकार्यकर्ता एकजुट हुँदै विद्रोहको तयारीमा लागेको बताए ।
माओवादी केन्द्रले काठमाडौंमा महाधिवेशन गरिरहेको बेला कञ्चनपुरमा पूर्व सांसद कमल क्षेत्री, पूर्व जिल्ला अध्यक्ष खडक बस्नेत, पूर्व जिल्ला सचिव विपिन दहित, पूर्व जनमुक्ति सेनाका डिभिजन कमाण्डर रक्तबिज लगायतले सोमबार कञ्चनपुरको कलुवापुरमा छुट्टै भेला गरेर असन्तुष्ट नेता कार्यकर्तालाई एकजुट गरेका छन् ।
पार्टी सम्मेलनमा कुनै स्थान नदिइएको, पार्टीका हरेक जिम्मेवारीबाट अलग गरिएको भनेर भेलामा सहभागी नेता कार्यकर्ताहरूको गुनासो गरेका युवा नेता भट्टले जानकारी बताए । पालिका तह र प्रदेश तहको पार्टी कमिटी निर्माणमा सिनियर नेताहरूलाई पाखा लगाइएपछि असन्तुष्ट नेता–कार्यकर्ता एकजुट भएर पाटीभित्र संघर्ष गर्ने बताए । असन्तृष्ट नेताहरु एकजुट भएर एमाले, समाजवादी वा अन्य कुनै पार्टीमा प्रवेसको तयारी हो भन्ने प्रशनमा माओवादी कञ्चनपुरका युवा नेता सिके भट्टले अन्य पार्टीमा जाने विषय झुट भएको बताए । ‘अन्य पार्टीमा जाने कुरै भएन, ‘उनले भने, ‘पार्टीको आन्तरिक सुधारका लागि हामीले लड्ने हो, पार्टीलाई क्रान्तिकारी बनाउने हो ।’