कञ्चनपुर पुष १२ । नेकपा विप्लव निकट युवा संगठन कञ्चनपुरका नेता दिपेन्द्र सिह ऐरीमाथि एक समुहले कुटपिट गरेका छन ।
सोमबार साँझतिर महेन्द्रनगरमा युवा संगठन कञ्चनपुरका उपाध्यक्ष ऐरीमाथि एक समुहले कुटपिट गरेको हो ।
युवा संगठनका जिल्ला उपाध्यक्ष दिपेन्द्र सिह ऐरीले आफु संगठनको काम सकेर घर जाने क्रममा रमेश ठकुराठी सहितको समुहले एक्कासी आएर आक्र्रमण गरेर फरार भएको बताए ।
उनले आफुमाथि कुटपिट गर्नुका साथै से२प ६८६६नम्बरको आफ्नो मोटरसाईकल समेत तोडफोड गरेको बताए । वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज अमर माझीले ऐरीमाथि कुटपिट गर्ने रमेश ठगुराठी पक्राउ गरेको बताए । अन्यको खोजिभईरहेको छ । ऐरीमाथि भएको कुटपिटको सर्बत्र भत्र्सना गर्दै दोषि उपर कार्बाहीको माग अघि सारिएको छ ।
प्रतिक्रिया दिनुस