दाङ पुष १३ । क्रान्तिकारी पत्रकार महासंघ दाङको तुल्सीपुरमा भएको प्रथम जिल्ला भेलाले ईश्वरी प्रसाद गैरेको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिती निर्वाचित गरेको छ ।

जनपक्षीय पत्रकारहरुको साझा सङ्गठन महासङघले संगठन बिस्तार तथा सुदृढ अभियान अन्तरगत  मंगलवार दाङमा क्रान्तिकारी पत्रकार महासंघको जिल्ला  भेला भएको हो ।  जिल्ला समितिको उपाध्यक्ष तेज बहादुर बुढाथोकी , सचिव रिता केसी सहसचिव संगीता मगर र कोषाध्यक्षमा ममता बिक निर्वाचित हुनुभएको छ । समिति सदस्यमा डिला चौधरी , प्रकाश पुन,सरोज न्यौपाने र राम प्रसाद न्यौपाने निर्वाचित हुनु भएको छ ।

कार्यक्रममा क्रान्तिकारी पत्रकार महासङ्घका केन्द्रीय महासचिव रवि पान्डेयले पत्रकारहरु प्रचारकर्ता संगठनकर्ता र आन्दोलनकर्ता रहेको बताउनुभयो । उहाले जनपक्षीय पत्रकारको अब्बल संगठन क्रान्तिकारी महासङ्घ रहेको दाबी गर्दै श्रमजिबीहरुको सच्चा पहरेदारको रुपमा अगाडि बढेको बताउनु भयो ।

कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय सदस्य एवं दाङ जिल्ला इन्चार्ज निरज के सी समीरले जिल्लामा ब्याप्त बिकृती बिसङगती विरुद्ध कलम चलाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा क्रान्तिकारी युवा लिगका महासचिव दिल बहादुर कठायत , अखिल क्रान्तिकारीका प्रदेश सदस्य मनोज थापालगायतले बोल्नुभएको थियो । भेला महासङ्घ प्रदेश सदस्य शुसिला आचार्यको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुस