-भुवन भट्ट महेन्द्रनगर, १३ पुष । फर्जी कागजात  बनाएर १४ कट्टा जमिन लिखित नामसारी गराएको भन्दै एक किसानका परिवारले आपत्ति जनाएका छन् । कञ्चनपुर कृष्णपुर नगरपालिका–४ किचाइ बस्ने जगदीश रानाबाट ऋण चुक्ता गर्ने भन्दै गिरोहनै मिलेर १४ कट्टा जमिन नामसारी गराएको पाइएको हो ।

पिडीत रानाले रानाले भने,–‘धनगढीका एक व्यापारी सँग श्रृणको विषय सुल्झिने देखिँदा ऋण दिलाउने सहमति गरेका थिए  ।’ तर जग्गा धितोमा राखेर मात्रै ऋण दिने सम्झौता गरेकी धनगढीकी आर्जु स्वार्रले प्रभात सहकारीमा रहेको जग्गा फुकुवा गरी आफूबाट जग्गा नै हड्पेको उनले गुनासो पोखे ।

मङ्सिर २ गते धनगढीका स्वार्रले रानाको प्रभात सहकारीमा रहेको ऋण तिरिदिने र जग्गा फुकुवा गर्ने सहमति बमोजिम ४ लाख २१ हजार रकम सहकारीमा तिर्दिइन् । जग्गा फुकुवा गरी उनले रानालाई ४ लाख ६३ हजार रकम ऋण दिइन् । उनले दिएको ९ लाख नगद र एक लाखको चेक आफुले पाएको रानाले बताए ।

तर प्राप्त चेक भने बाउन्स रहेको उनले बताए ।  बाउन्स चेक गरी आफू १० लाखको ऋणी रहेको उनी बत्ताउँछन् । सम्झौता अनुसार उनले ०८३ सम्म उक्त रकम तिरी सक्नुपर्ने हो । तर अनेक धम्की दिई स्वार र ललित चन्दले आफ्नो नाममा रहेको जग्गाको कपाली तमसुक बनाएको उनले दुखेसो पाखे । उनले भने,–‘मालपोतबाट १४ कट्टा जग्गा नामसारी गराइ सुकुम्वासी बनाइएको छ।’

जगदिस रानाको नाममा रहेको ४८ सय ४० वर्ग किलोमिटर जग्गा फर्जी प्रमाणका आधारमा मालपोतका कर्मचारी सँग मिलोमितो गरी जनजाति परिवारलाई सुकुम्वासीमा झार्ने घृणित कार्य भएको नेकपा (क्रान्तिकारी) माओवादीका केन्द्रीय सदस्य हरि कुमार सुबेदीले बताए ।

पीडित किसानलाई झन् पिडामा पार्ने गरी दलालहरूले सुकुम्वासी नै बनाउने घृणित कार्य गरेको प्रति उनले आपत्ति जनाए । परिवारका सदस्यको मन्जुरी बिनै रानालाई दृष्टि बन्धकमा राखी नामसारी गरिएको जग्गा फिर्ता दिलाउन अदालत सम्म धाएको गुनासो गरिएको छ । न्यायिक समितिमा उजुरी पछि भएको सहमति चित्त नबुझेपछि पीडित पक्ष अदालतमा धाएको सोही क्षेत्रका स्थानीय भगवान्दास रानाले जनाए । उनले भने,–‘न्यायिक समितिले समेत अन्याय गरेको छ, सामान्य २० लाखमा मिलाउने प्रपञ्च गरी पीडितलाई झन् पिडा थप्ने कार्य न्यायिक समितिले गरेको छ।’उचित न्यायका लागी जेठा छोरा महेन्द्र राना हकदावी गर्न अदालत धाएका उनले जनाए । ठगी मुद्दा मंगलबार अदालतमा दर्ता गराएको उनले जनाए ।

धनगढीका आर्जु स्वार्रले भने फर्जी प्रमाण नभई वास्तवमै रानाले जग्गा नामसारी गर्ने सहमति गरेपछि नजिकका ललित चन्दको नाममा उक्त जग्गा नामसारी गरेको दावी गरिन् । उनले भनिन्–‘आफ्नो जग्गा हो, जसको नाममा पनि गर्न सक्छु, श्रीमान् कारागार मुक्त भएपछि नामसारी गर्ने छु।’

कृष्णपुर नगरपालिकाकी उपप्रमुख एवम् न्यायिक समितिका संयोजक रमिता रानाले लेनदेनको मुद्दा भएकाले अदालतमा जान सुझाएका जनाइन् । उनले भनिन्–‘ १० लाख बढी ठगीको उक्त मुद्दा न्यायिक समितिमा दर्ता गर्न नमिल्ने भएपछि अदालत जान सुझाएका हौ ।’

प्रतिक्रिया दिनुस