डडेल्धुरा पुष १४ ।  डडेल्धुरा लगायत सुदुरपश्चिमका पहाडी जिल्लाका विभिन्न उच्च लेकाली भभागमा मंगलबार राती देखी हिमपात सुरु भएको छ । घना जंगल एवं उच्च पहाडी भेगमा हिमपात भए पछि यँहा अत्याधिक चिसो बढेको छ । डडेल्धुरा लगायत बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुला जिल्लाका उच्च लेकाली भेगमा हिमपात सुरु भए सँगै चिसो बढेको हो ।

सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने एक मात्रै सडक भिमदत्त राजमार्गको आनरखोली हगुल्टे, शाहुखर्क क्षेत्रमा राती देखि हिमपात सुरु भए पछि राजमार्ग अवरुद्ध भएको मुनी ट्रक सञ्चालक व्वसायी मदन राज जोशीले बताए। हिउ परे पछि तराई पहाडका जिल्ला अवत जावत गर्ने सवारीका साधन राजमार्गमै रोकिएका छन ।
मंगलबार बेलुकी देखि पानी पर्न सुरु भए संगै राती देखी हिमपात सुरु भएको हो । भिमदत्त राजमार्गको साहुखर्क र हगुल्टेमा बुधबार बिहानै देखि सडक अवरुद्ध भएको  बताए ।

सडक क्षेत्रको हिउ पन्छाउन गन्यापधुरा गाउपालिकाले डोजर पठाएको गन्यापधुरा गाउपालिका अध्यक्ष नबल बहादुर मल्लले बताए ।

प्रतिक्रिया दिनुस