युवा संगठन नेपाल कञ्चनपुरका उपाध्यक्ष दिपेन्द्र ऐरी माथी कुटपिट गर्ने समुहमाथी कडा कार्वाहीको माग गरिएको छ । नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन युवा संगठन नेपाल कञ्चनपुरका जिल्ला उपाध्यक्ष ऐरी लाई अराजक समुहले कुटपिट गरेको प्रति संगठनले ध्यानाकर्षण भएको जनाउँदै मगंलबार विज्ञप्ति जारी गरि घटनामा संलग्न दोषीलाई कारबाही को माग गरेको हो ।
गत सोमबार ऐरीमाथी भीमदत्त नगरपालिका ०६ ऐंठपुरमा लागू औषध सेवन गरी तीन जनाको अज्ञात समूहले कुटपिट गरेको थियो ।
ऐरीमाथी कुटपिट गर्ने रोषन बुढाऐृर र रमेश ठकुराठीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कुटपिटमा संलग्न प्रेम धामी भने फरार रहेको प्रहरीले जनाएको छ । उनको खोजी भइरहेको र सार्वजनिकमुद्धा अगाढी बढाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रशासनिक निकायले समयमै दोषीलाई कारबाही नगरे संगठनले जनकारबाही गर्ने समेत चेतावनी दिएको छ ।