नेपाली काँग्रेस कैलालीको आगामी २७ गते जिल्ला अधिवेशन हुने भएको छ । यस अघि प्रदेश अधिवेशनका करण जिल्ला अधिवेशन हुन सकेको थिए ।कैलालीमा १८ हजार भन्दा बढी क्रियाशील सदस्य रहेको काँग्रेसको दाबी छ । जिल्ला अधिवेशनमा लागि कैलालीमा २हजार ५ सय ७२ जना प्रतिनिधि छानिएका छन् ।जिल्ला अधिवेशनको मिति पटक पटक सर्दा पनि आकाङ्क्षीहरू भने कम भएका छैनन् । अहिले सम्म पार्टी जिल्ला सभापतिको लागि छ जनाले लबिङ गरिरहेका छन् ।

कैलालीका सभापति नरनारायण शाह मनु यस अघि दुई कार्यकाल सभापति भइसकेको हुँदा उनी यस अघि नै ‘रिङ आउट’ भइसकेका थिए । जिल्ला सभापति हुन विधान बाधक हुने भएपछि उनी प्रदेश महामन्त्रीमा लडे र जिते पनि । जिल्ला सभापति मनु प्रदेश महामन्त्री भएपछि कार्यबहाक सभापतिको जिम्मेवारी प्रकाश बहादुर बमले पाएका छन् । उनी १३ औँ जिल्ला अधिवेशनबाट उपसभापतिमा निर्वाचित भएका उनी १२ औँ महाधिवेशनमा मार्फत जिल्ला सचिव भएका थिए । उनले पनि अहिले कैलाली सभापतिमा लबिङ गरिहरेका छन् ।

कैलालीको सभापतिको लागि लबिङ गरिरहेका अर्का आकाङ्क्षी हुन् नारायण भट्ट उनी पूर्व जिल्ला उपसभापति हुन् । उनी ११ औँ महाधिवेशनबाट उपसभापतिमा निर्वाचित भएका थिए । । दीर्घ राज भाट सभापति हुँदा उनी कार्यबहाक सभापतिको जिम्मेवारी पनि पाइरहेका थिए । भट्ट हाल केन्द्रीय महाधिवेशन प्रतिनिधि हुन् । कुनै समय जिल्लाको उपसभापति भइसका भट्ट यस सभापतिको लागि तीव्र लबिङमा रहेको काँग्रेस स्रोतको दाबी छ ।

१३ औ अधिवेशनमा सभापतिका लागि होमिएका भीम बडूवाल फेरी सभापतिको दौडमा छन् । १३ औँ अधिवेशनमा बडुवाल नरनारायण शाह मनुसँग पराजित भएका थिए । नेपाल बिद्यार्थि सङ्घ कैलालीका सभापति समेत भइसकेका उनी यस पटक पार्टी सभापतिको लागि लबिङ गरिरहेका छन् ।१३ औँ अधिवेशनमा नरनारायण शाह मनुसँग पराजित भएका बडूवाल १२ औँ अधिवेशनमा उनकै टिमबाट सचिवमा लडेका थिए । त्यहाँ पनि उनी राम चरण चौधरीसँग पराजित भएका थिए । सभापतिका अर्का आकाङ्क्षी गणेश देउवा पनि यस अघिको अधिवेशनमा सभापतिका लागि निर्वाचनमा होमिएका थिए । नरनारायण शाह मनुसँग निर्वाचनमा होमिएका देउवा र अर्का उम्मेदवार बडूवालको समान मत आएको थियो । त्यसपछि देउवाले बडूवाललाई समर्थन गरेका थिए । देउवाको समर्थन पाएपछि पनि बडूवालले शाहलाई भने हराउन सकेनन् ।

कैलाली क्षेत्र नम्बर ४ वाट दोस्रो संविधान सभामा टिकट पाएका खेमराज चौधरी पनि अहिले सभापतिको लागि दौडमा छन् । उनी तत्कालीन अवस्थामा क्षेत्र नम्बर ४ को पार्टी सभापति समेत भएका थिए । संविधान सभामा ६ वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा प्रतिनिधि सभामा घटाएर ५ वटा निर्वाचन क्षेत्र तोकिएको थियो । त्यसपछि चौधरी क्षेत्र नम्बर ३ को पनि सभापति भए । क्षेत्रीय सभापति भइसकेका चौधरी अहिले जिल्ला सभापतिको लागि लबिङ गरिरहेका छन् । अर्का आकाङ्क्षी नवराज रावल हुन् । उनी सामाजिक सङ्घसंस्थाहरूमा सक्रिय छन् । तीन कार्यकाल जिल्ला कार्यसमिति सदस्य रहेका उनी अहिले सभापतिको दौडमा छन् ।

प्रतिक्रिया दिनुस