सुदूरपश्चिमका तीन जिल्लामा आइतबार सार्वजनिक बिदा हुने भएको छ । भुवा पर्वको अवसरमा अछाम, बाजुरा र बझाङमा सुदूरपश्चिम प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । विदा दिने निर्णय प्रदेश सरकाले २०७८ वैशाख १९ गतेको राजपत्रमा उल्लेख गरेको छ । पञ्चेबाजाका साथमा खेलिने यो पर्व सुदूरपश्चिमका बाजुरा, बझाङ, अछाम लगायतका जिल्लामा धुमधामका साथ मनाउने गरिन्छ ।

पौराणिककालमा कौरवमाथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनाका रुपमा यो पर्व मनाउँदै आइएको छ । दसैँपछिको दोस्रो ठूलो चाडका रुपमा मनाइने यो पर्वमा पुरुषहरु हातमा तरबार र खुकुरी प्रदर्शन गरी मनाउने परम्परा छ । यस पर्वको सुरुको दिन राँके जुलुस निकालेर रातभर मादलका तालमा गीत गाउने गरिन्छ ।

प्रतिक्रिया दिनुस