कैलाली असार १५, विप्लव नेतृत्वको नेकपाले कैलालीको बर्दगोरीया गाउँपालिकामा झन्डै ४४ विगाह जग्गा कब्जामा गरेको छ ।
स्थानीय राजेन्द्र मल्ल र वीरबहादुर मल्लको ३५ बिघा जमिनसँगै घर, देवबहादुर मल्लको ८ बिघा जमिन र घर तथा सुदूरपश्चिमाञ्चल ग्रामीण विकास बैंकको स्वामित्वमा रहेको १७ कट्ठा जमिन कब्जा गरेको हो ।
बर्दगोरिया जनपरिषद् प्रमुख अनुकूलको नेतृत्वमा उक्त जग्गामा ब्यानर टाँसेर कब्जा गरेको जनाइएको छ ।यस अघि तत्कालीन माओवादी द्वन्द्वका क्रममा समेत कब्जा गरिएको जग्गा फेरि विप्लव समूहको नेकपाले कब्जामा लिएको हो । घर जग्गामा टाँसिएको ब्यानरमा सो जग्गा बिक्री वितरणमा संलग्नलाई भौतिक कारबाही गरिने उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले प्रहरी टोली पुग्दा ब्यानर नरहेको जनाएको छ । ‘कब्जा गरेको जानकारी पाएपछि त्यहाँ प्रहरी परिचालन गरेका थियौँ । प्रहरी त्यहाँ पुग्दासम्म त्यो ब्यानर थिएन’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष्य बस्नेतले बताए ।

प्रतिक्रिया दिनुस