काठमाडौँ असार १४ , कान्तिपुर पत्रिका कञ्चनपुर संवाददाता भवानी भट्ट पुरस्कृत भएका छन् । उनी मंगलबार ‘लैङ्गिक समानता पत्रकारिता’ पुरस्कारबाट पुरस्कृत भएका हुन्

। नेपाल पत्रकार महासङ्घ र मदरल्यान्ड नेपालको सहकार्यमा प्रदान गर्दै आएको उक्त पुरस्कार कान्तिपुरका कञ्चनपुर संवाददाता भट्टस पाएका छन् । पुरस्कार धनराशि ४० हजार रहेको छ ।

उनलाई शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रमाण पत्र, फूलमालासहित पुरस्कार हस्तान्तरण गरेका थिए । उक्त पुरस्कार लैङ्गिक समानता हासिल गर्न समाजलाई अभिप्रेरणा गर्ने, समतामूलक समाज निर्माणमा भूमिका खेल्दै पैरवीयुक्त, खोजमूलक समाचार र लेखन गर्ने सञ्चारकर्मीहरुलाई प्रदान गरिदै आएको छ ।

प्रतिक्रिया दिनुस