कञ्चनपुर असार १४, नयाँ पत्रिका दैनिक कंचनपुर संवाददाता पत्रकार मोहन बिष्टले प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार पाएका छन ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा संयुक्त रूपमा प्रदान गरिने प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार पत्रकार मोहन बिष्टले पाएका हुन ।

आज काठमाडौंमा एक कार्यक्रमका विच माननीय शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेल ज्युको हातबाट पुरस्कृत ग्रहण गरेका छन् । बिष्टले प्रमाण पत्र सहित नगद २० हजार बुझेका छन् । यो भन्दा पहिला पनि पत्रकारीता लेखन बृद्धि पुरस्कार पाइसकेका छन् भने बिभिन्न स्तरको सम्मान पुरस्कृत समेत पाइसकेको छ ।

कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी निवासी बिष्टले २०६५र६६ तिर पत्रकारीता क्षेत्रमा प्रवेश गरेका थिए । उनले आफ्नो बेलडाँडीको नाम कहिले पत्रपत्रिका, रेडियोमा नआउने, बेलडाँडी क्षेत्रका विकासी मुद्धा धेरै भए पनि कहि कसैले ति मुद्धा उठा्न नगरिदिने हुदा मनमा पलाएको खिन्न्ताले पत्रकार बन्न प्रेरित गरेको बताउछन् ।

आफुले जे भनेर कलम उठाएको त्यो आज पुरा हुनलागेको बताउदै अझै धेरै काम गर्न बाकी रहेको जनाए । आफ्नो विकासका साथै आफ्नो गाउँघर हुदै देशको विकास हुने खालका सकारात्मक समाचारमा बढी आफ्नो जोड रहेको जनाए ।

यो पुरस्कृतले आफुलाई झिन काम गर्ने हौसला प्रदान गरेको बताउदै आगामी दिनमा झिन सशत्त भएर अगाडी बढने प्रेरित गरेको संकेत दिए । वहाँले पुरस्कृत गर्नुहुने सबै प्रति आभार समेत ब्यक्त गरेका थिए ।

वहाँ अहिले नयाँ पत्रिका दैनिक कंचनपुर संवाददाता,तथा कञ्चनपुर बाट प्रकाशित हुने नयाँ जनक्रान्ति दैनिक तथा नेपाल पत्रकार महासंघ कंचनपुरका सह सचिव समेत रहनु भएको छ

प्रतिक्रिया दिनुस