कैलाली असार १३ ,कैलालीको गोदावरी नगरपालिका अत्तरीयाबाट चितुवाको छाला सहित दुई जना पक्राउ परेका छन।सोमबार जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले अत्तरीयाबाट चितुवाको छाला सहित दुई जनालाई पक्राउ गरि आज सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर ५ वस्ने २३ वर्षका राजेन्द्र थापा र कैलालीको चुरे गाउँपालिका वडा नम्बर १ वस्ने ३२ वर्षका राम बहादुर विष्ट रहेका छन्।
पहाड बाट तराई तिर ओसारपसार गरिरहेको भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले गोदावरी नगरपालिका वडा नम्बर ४ बाट उनिहरुलाई पक्राउ गरेको जनाएको छ।

उनीहरुको साथबाट दुई वटा चितुवाको छाला बरामत गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्ष कुमार बस्नेत जानकारी गराएका छन् । उनीहरुमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुस