सोमबार सुन तोलामा ३०० रुपैयाँले सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबारको तुलनामा आज छापावाला सुन प्रतितोला ३०० रुपैयाँले सस्तिँदै ९३ हजार १०० रुपैयाँ कायम भएको हो । गत आइतबार छापावाला सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा ३०० रुपैयाँले नै सस्तिँदै ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य भने गत आइतबारको मूल्यमा पाँच रुपैयाँले मात्र घट्दै आज एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुस