महेन्द्रनगर । कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणमा प्रहरीले एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । भारतीय नागरिक अलि लाई नियन्त्रणमा लिइ डिएनए परिक्षण गर्न नमुना पठाइएको प्रहरीले जनाएको हो ।
प्रहरीका अनुसार पन्त प्रकरणमा नयाँ सिराबाट अनुसन्धान गर्दा हालसम्म खुलेका शंकास्पद मध्ये भेरिफाइ गर्न बाँकी रहेकालाइ सोधपुछ गर्ने क्रममा उनलाई नेपाल ल्याइएको हो ।

प्रारम्भीक सोधपुछमा चाँही उनले इनकारी बयान दिएको बताइएको छ । ०७५ साउन ११ गते भीमदत्तनगरपालिका –१८ निम्बुखेडा स्थित उखुबारिमा निर्मलाको विभत्स अवस्थामा शव फेला परेको थियो । प्रहरीले उक्त बलात्कार पछि हत्या प्रकरणमा सोही क्षेत्रका दिलीप बिष्टलाई पनी संकाको घेरामा राखेको थियो । तर उनी निर्दाेष सावित भएपछि रिहा भएका थिए ।

प्रतिक्रिया दिनुस